Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूमेको एक घरमा आगलागी हुँदा पाँच लाख ४२ हजार क्षति

आइतबार, पुस २९, २०८०
tribeni2

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्वर ३ को एक घरमा आगलागि भएको छ । स्थानीय ५९ वर्षिय श्यामसर पुनको घरमा आईतबार दिउँसो आगलागी भएको हो । 

पुनको दुई तलाको दुई कोठे खरको छाना भएको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार आगलागीबाट करिब पाँच लाख ४२ हजार पाँच सय बराबरको क्षति भएको छ ।

आगलागीबाट घरसँगै घरमा भएको अन्नपात र लत्ताकपडा पूर्ण रुपमा क्षति भएको छ । स्थानीयवासी र प्रहरीको सहायतामा आगो नियन्त्रणमा ल्याईएको थियो । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन ।

आगलागीको कारण पत्ता नलागेको र अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्