Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा अस्थायी आवासका लागि ७० करोड ८९ लाख रकम निकाशा, ५५ करोड वितरण

मंगलबार, माघ २, २०८०
tribeni2

रुकुम पश्चिममा भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणको लागि हालसम्म ७० करोड ८९  लाख ५० हजार रुपियाँ निकासा भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले दिनुभएको जानकारी अनुसार हालसम्म २८ हजार ४३ जना लाभग्राहीको लागि पहिलो किस्ता बापतको उक्त रकम पठाइएको छ । पठाइएको उक्त रकमबाट स्थानीय तहले २२ हजार ६५ जना लाभग्राहीको खातामा ५५ करोड १६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेका छन् । 

प्रमुख जिल्ला अधिकारी पन्तले चौरजहारी नगरपालिकामा छ हजार २७९ जना लाभग्राहीको लागि १५ करोड ६९ लाख ७५ हजार रुपियाँ पठाइएकोमा छ हजार एक सय ६५ जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले रकम जम्मा भइसकेको बताउनुभयो ।

आठबीसकोट नगरपालिकामा नौं हजार सात सय ३२ जना लाभग्राहीको लागि २४ करोड ३३ लाख रुपियाँ पठाएको छ भने नगरपालिकाले सात हजार सात सय २८ जना लाभग्राहीको खातामा १९ करोड ३२ लाख रुपियाँ जम्मा गरिसकेको छ । 

मुसीकोट नगरपालिकामा एक हजार  छ सय ६० जना लाभग्राहीको लागि पठाएको चार करोड १५ लाख  रुपियाँ मध्ये छ सय ३५ जनाको खातामा मात्र पहिलो किस्ताको रकम जम्मा भएको छ । 

प्रशासन कार्यालयका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार नौ सय २१ जना लाभग्राहीको लागि १४ करोड ८० लाख २५ हजार रुपियाँ पठाइएको छ भने गाउँपालिकाले चार हजार सात सय ८५ लाई पहिलो किस्ताको रकम दिईसकेको छ । त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ५२ जना लाभग्राहीको लागि जिल्ला विपद् कोषबाट प्राप्त छ करोड ८८ लाख रुपियाँ सबै लाभग्राहीको खातामा पुगेको छ । 

बाँफिकोट गाउँपालिकामा एक हजार छ सय ९९ जना लाभग्राहीको लागि पठाइएको चार करोड २४ लाख ७५ हजार रुपियाँ कुनै पनि लाभग्राहीको खातामा पुगेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्यत्रै गएको र नयाँ नआएकोले उक्त रकम लाभग्राहीले पाउन सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्