Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरकारी अनुदानबाट १४ हजार अस्थायी आवास निर्माण

आठ हजार अस्थायी आवास निर्माणकै क्रममा
मंगलबार, माघ २, २०८०
tribeni2

रुकुम पश्चिममा भूकम्पपीडित परिवारहरुका १४ हजार अस्थायी आवास निर्माण भएका छन् । सरकारले उपलब्ध गराएको अनुदान रकमबाट जिल्लामा हालसम्म १४ हजार छ वटा अस्थायी आवास निर्माण भएका हुन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार आठ हजार २७ वटा आवास निर्माणकै क्रममा रहेका छन् । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले हालसम्म आठबीसकोट नगरपालिकामा पाँच हजार तीन सय ८४ वटा अस्थायी आवास निर्माण भएको र दुई हजार पाँच सय ६५ आवास निर्माणको चरणमा रहेको जनाउनुभयो । 

चौरजहारी नगरपालिकामा दुई हजार पाँच सय १३ अस्थायी आवास निर्माण भएका छन् भने तीन हजार दुई सय ३१ वटा निर्माण भइरहेका छन् । मुसीकोट नगरपालिकामा हालसम्म ७० वटा अस्थायी आवास निर्माण भएका छन् भने १२ वटा निर्माण भईरहेका छन् । 

त्यसैगरी सानीभेरी गाउँपालिकामा चार हजार चार सय ८२ वटा अस्थायी आवास निर्माण सम्पन्न भएको र एक हजार चार सय ३९  वटा निर्माण हुँदै गरेको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्रिवेणी गाउँपालिकामा एक हजार चार सय ४० वटा अस्थायी आवास निर्माण भएका छन् भने सात सय ४० वटा आवास निर्माणको चरणमा छन् । बाँफिकोटमा गाउँपालिकामा एक सय १७ लाभग्राहीका लागि अस्थायी आवास निर्माण भएका छन् भने ४० वटा निर्माण भईरहेका छन् । 

भूकम्पपीडितहरूको अस्थायी आवास निर्माणको लागि हालसम्म ७० करोड ८९  लाख ५० हजार रुपियाँ निकाशा भईसकेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्ला विपद् कोषबाट जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् कोषमा उक्त रकम पठाइएको हो । २८ हजार ४३ जना लाभग्राहीको लागि पठाईएको पहिलो किस्ता बापतको उक्त रकमबाट नै लाभग्राहीले अस्थायी आवास निर्माण गरेका हुन् ।

स्थानीय विपद् कोषबाट २२ हजार ६५ जना लाभग्राहीको खातामा ५५ करोड १६ लाख २५ हजार रुपियाँ जम्मा भईसकेको छ । जिल्लाभर तीस हजार बढी घरमा भूकम्पले क्षति गरेको बताईन्छ । स्थानीय तहबाट प्रहरी मुुचुल्कासहित लाभग्राही कायम गरेर अस्थायी आवासका लागि रकम माग गर्ने काम भईरहेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्