Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बलि हान्ने राँगो भागेर महिलालाई आक्रमण

tribeni2

सुर्खेत / दशैमा बलि दिनको लागि तयार गरेको राँगो फुत्किएर आक्रमण गर्दा एक महिला घाईते भएकीछिन् ।

सुर्खेतको सिम्ता ३ बाँखर्क निवासी ३७ वर्षिया रामकला विकलाई मंगलबार बलि दिन तयार पारेको राँगो फुत्किएर आक्रमण गरेको हो । दशैको समान किनमेलका लागि स्थानीय वजार सिम्ता गाउँपालिका वडा ६ जामुने वजारमा हिडेकि रामकलालाई भागेको राँगोले आक्रण गरेको थियो ।

बलि दिन लागेको बेला भागेको राँगोलाई स्थानीयले लखेट्दा लखेट्दै राँगो वजार प्रवेश गरेको थियोे ।

घाईते रामकलालाई उपचारका लागि सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालय वादेपिपल राकमका इन्चार्ज नन्नदराज जोसिले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्