Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबीसकोटका आठ सय ७६ भुमिहिनलाई जग्गाको निस्सा वितरण

बिहीबार, माघ ४, २०८०
tribeni2

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका रहेका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ ।

राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमले नगरपालिकामा रहेका आठ सय ७६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको हो । 

आयोगका विज्ञ सदस्य सुशिल बिष्टले दिनुभएको जानकारी अनुसार १२ जना भूमिहीन दलित, १४ जना भुमीहिन सुकुम्वासी र आठ सय ५० जना अव्यवस्थित बसोबासी लाभग्राहीलाई निस्सा वितरण गरिएको हो । 

विज्ञ सदस्य विष्टले लाभग्राही निस्सा भूमि प्राप्तीको पहिलो प्रमाण भएको बताउनुभयो । उहाँका अनुसार यहि निस्साको आधारमा जग्गाको नाप तथा नक्शा हुने र त्यसपछि कित्ताकाँट हुने छ । अव्यवस्थित बसोबासीहरुले भोगचलन गर्दै आईरहेको जग्गालाई नै लाभग्राहीको निस्सा दिईएको हो भने सुकुम्बासीहरुलाई पायक पर्ने स्थानको जग्गाको निस्सा दिईएको हो । 

निस्सा वितरण कार्यक्रममा पुर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, राष्ट्रिय भूमि आयोग रुकुम पश्चिमका अध्यक्ष मीन बहादुर ओली, आठबीसकोट नगरपालिका प्रमुख रबि केसी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, सुरक्षा निकाय प्रमुखहरु, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो।

यस अघि आयोगले त्रिवेणी गाउँपालिकाका १०७ जना भूमिहिनलाई निस्सा वितरण गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्