सोसल मिडिया
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन भएको छ । गाउँपालिकाको आयोजना र महेन्द्र माध्यमिक बिद्यालयको समन्वयमा तकसेराको खुल्ला मञ्चमा उद्घाटन भएको हो । शिल्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य दिलकुमारी बुढाले अहिले यस्ता खालका कार्यक्रममा किशोरी सहभागी हुने सहज बाताबरण बनेको बताउनुभयो । विगतमा किशोरीहरु पढ्न पनि नपाउने पढ्ने बाताबरण रहेपनि खेल क्षेत्रमा निषेधित जस्तै रहेको बुढाले स्मरण गर्नुभयो ।
उहाले १० वर्षे जनयुद्धले महिला, दलित, जनजाति लगायतका पिछडिएका समुदायलाई उन्मुक्ति मिलेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट विनियोजन गरेतापनि समन्वय, सहकार्य नहुदा उपलब्धि नभएकोले आगामी दिनमा समन्वय सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत उहाले जनाउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले रनिङ शिल्ड मर्यादित ढङ्गले सम्पन्न गर्नुपर्नेमा जोड गर्ने दिनुभयो । उहाले सम्पुर्ण विधाका खेलहरु मापदण्ड अनुसार निष्पक्ष ढङ्गले सम्पन्न समेत अनुरोध गर्नुभयो । गर्न निर्देशन दिनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले विद्यार्थीले शान्ति सुरक्षालाई ख्याल गर्दै सभ्य र अनुशासन पालना गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति रनिङ शिल्डमा विभिन्न विधाका खेलहरुमा प्रतिस्पर्धा हुने शिक्षा तथा खेलकुद शाखा प्रमुख रामप्रसाद खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा पुथा उत्तरगंगाका सबै माध्यमिक स्तरका बिद्यालयहरु सहभागि भएका छन । प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीलाई जिल्ला स्तरिय रनिङ शिल्डमा पठाइने शाखा प्रमुख खड्काले बताउनुभयो । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य दिलकुमारी बुढाको प्रमुखआतिथ्य र जिल्ला समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । शिल्ड उद्घाटन कार्यक्रममा पुथा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, पुथा उत्तरगंगा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरी, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व प्रहरी निरिक्षक गणेश पाण्डे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष नामेन्द्र सुनार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्था प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । महेन्द्र मावि विव्यस अध्यक्ष मैत्या घर्ति मगरको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास समिति संयोजक तथा गाउँपालिका प्रवक्ता टिकासाई घर्ति मगरले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महेन्द्र माविका शिक्षक नबराज विकले गर्नु भएको थियो ।