Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रोल्पाबाट रुकुम पढ्न आएका बालकको घाँटी रेटेर हत्या, अर्का एक जना घाइते

आइतबार, माघ ७, २०८०
tribeni2

रुकुम पश्चिम ।   रुकुम पश्चिममा एक बालकको घाटी रेटेर हत्या गरिएको छ ।  जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ११ मा अन्दाजी १४ वर्षीय निर्मल डाँगीको हत्या भएको छ ।  

रोल्पाको परिवर्तन गाउँपालिका ४ का डाँगीको मुसिकोट ११ निवासी ३२ वर्षीय चन्द्रबहादुर पुनले खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका  प्रहरी नायब उपरीक्षक नमराज भट्टराईलेले जानकारी दिनुभयो ।  उहाँका अनुसार  खुकुरी प्रहारबाट मुसिकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते भएका छन । 

घटना आज दिउँसो १२ बजेतिर भएको खुलेको छ ।  घाइते सुकलालको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सुकलालको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको बताइएको छ । खुकुरी प्रहार गर्ने चन्द्रबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र थप घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्