Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा इलाका प्रशासन कार्यालय उद्घाटन

सोमबार, माघ ८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा इलाका प्रशासन कार्यालयको उद्घाटन भएको छ ।

सोमबार एक कार्यक्रमका बिच पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले चौरजहारी नगरपालिका २ मा कार्यालयको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा पुर्वमन्त्री शर्माले संघीयताको मर्म अनुरुप जनताकै घर आगनमा सेवा प्रवाह बिस्तार भैरहेको बताउनु भयो । यो कार्यालयसंगै कर्णाली प्रदेशको एक मुख्य केन्द्रको रुपमा चौरजहारीलाई स्थापन गर्ने सोच राखिएको उहाँको भनाइ छ ।
२०७९ चैत्र ६ गतेको मन्त्रीपरिषदको बैठकले चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

कार्यालय उद्घाटन भएसंगै आवश्यक प्रशानिक ब्यबस्था गरेर चाडै नै सेवा सुरु गरिने बताईएको छ । अब देखी यस क्षेत्रका नागरिकहरुको लागि नागरिकता बितरण, नाबालक परिचयपत्र, विभिन्न सिफारिस, राहदानी लगायतका सेवा इलाका प्रशासनबाटै हुने कार्यालयका निमित्त प्रमुख तोष राज केसीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य  जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमन्त्री गोपाल शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी, पुर्व नगर प्रमुख बिशाल शर्मा, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत स्थानीयको सहभागीता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्