Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनताको घरदैलोमा सेवा पुर्‍याउन चौरजहारीमा इलाका प्रशासन कार्यालय : जनार्दन शर्मा

'चौरजहारी कर्णालीकै एक मुख्य केन्द्र हो, यहाँको विकासको लागि सबै एकजुट हुनुपर्छ'
सोमबार, माघ ८, २०८०
tribeni2

रुकुम पश्चिम । प्रतिनिधि सभा सदस्य एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले संघीयताको मर्म अनुरुप जनताको घरदैलोमा सेवा पु¥याउन चौरजहारीमा प्रशासन कार्यालय स्थापना गरिएको बताउनुभयो । 

सोमबार चौरजहारी नगरपालिका वडा नम्वर २ मा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुहुँदै शर्माले यस्तो बताउनुभएको हो ।  

कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुँदै पूर्वमन्त्री शर्मा चौरजहारी कर्णालीको मुख्य केन्द्रभित्र पर्नेभएकोले यहाँको समग्र विकासको लागि सबै एकजुट हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । स्थानीय विकासको लागि दिर्घकालिन सोच राख्न आवश्यक रहेको बताउँनुहुँदै शर्माले पेरिफेरी क्षेत्रबाट सडक सञ्जाल जोड्नुपर्नेमा जोड दिनुभयो । 

चौरजहारीमा नयाँ शहरको कामले गति लिन नसकेको पुर्वमन्त्री शर्माको भनाई छ । मध्यपहाडि राजमार्गको भेरि नदि माथिको पुल ठेकेदारको लापरबाहिको कारण अलपत्र परेको, चौरजहारी बिमानस्थल बिस्तारको काम हुन नसकेको, रंगशाला निर्माण प्रक्रियामा रहेको, सभाहल निर्माधिन रहेको र जलबिद्युतको थुप्रै सम्भावना रहेको उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । 

इलाका प्रशासन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सेवाहरु इलाका प्रशासनबाटै प्रदान हुने बताउनुभयो । उहाँले नागरिकता वितरण, नाबालक परिचय पत्र, राहदानी, विभिन्न प्रकारका सिफारिसहरु वितरणको अधिकार इलाका प्रशासनलाई दिईने जानकारी दिनुभयो ।

उहाँले पारदर्शी, सरल र सहज तरिकाले प्रशासनको सेवा प्रवाह हुने समेत उल्लेख गर्नुभयो । शान्ती सुरक्षा स्थापना, बजार अनुगमन तथा विकास निर्माणका कामहरुको अनुगमनमा पनि इलाका प्रशासन कार्यालयले महत्वपूर्ण भूमिका निर्वा गर्ने उहाँको भनाई छ । 

WhatsApp Image 2024-01-22 at 14.03.12_7dce7cf71705911818.jpg

कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले नागरिकता लगायतका सिफारिसका कामको लागि जिल्ला सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मालपोत र नापी कार्यालयको समेत आवश्यकता रहेको बताउनुभयो । 

२०७९ चैत्र ६ गतेको मन्त्रीपरिषद्को बैठकले रुकुमपश्चिमको चौरजहारीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

इलाका प्रशासन कार्यालयका निमित्त प्रमुख तोषराज केसीले कार्यालय स्थापना भएसँगै अब सेवा प्रवाहको लागि केहि समय मात्र कुर्नुपर्ने बताउनुभयो । उहाँले आवश्यक सामाग्रीको व्यवस्थापन, प्रशासनिक प्रक्रिया पुरा गरेर जतिसक्दो चाँडो सेवा सुरु गरिने प्रतिबद्धता जनाउनुभयो । 

चौरजहारीमा इलाका प्रशासन कार्यालय उद्घाटन

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्