Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनमुक्ति सेनाका पूर्व कमाण्डर ‘मार्सल’ कारागार चलान

२०५३ सालको चरेस ओसारपसार मुद्दा २०७२ मा फैसला 
बिहीबार, माघ ११, २०८०
tribeni2

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमान्डर जीतमान पुन ‘मार्सल’लाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुम निवासी मार्सललाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेर कारागार चलान गरेको जनाएको छ । 

जिल्ला अदालत दाङबाट भएको फैसला कार्यान्वयनका लागी उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठले बताउनुभयो । पक्राउपछि उहाँलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ । 

उहाँ विरुद्ध २०५३ सालमा चरेस ओसारपसार गरेको आरोपमा मुद्धा दर्ता भएको बताईन्छ । उक्त मुद्धामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवाना हुने फैसला भएको थियो । २०७२ मा दाङ जिल्ला अदालतले लागुऔषध चरेस ओसारपसार मुद्दा दोषी ठहर गरेर कैद र जरिवाना तोकेको थियो ।

वाईसियल नेपालका केन्द्रिय अध्यक्ष सुवोधराज सेर्पालीले फरक राजनीतिक आस्थाका कारण कसैले लगाएको गलत आरोपको आधारमा मार्सल बिरुद्ध मुद्धा चलाईएको उल्लेख गर्नुभयो । घटनाको प्रकृति समेत थाह नभएको व्यक्तिलाई सामान ओसारपसारको आरोपमा फसाईएको उहाँको दाबी छ । मार्सलको न्यायको लागि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष लगायतको ध्यानाकर्षण गरेको सेर्पालीको भनाई छ । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्