Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन

बिहीबार, माघ ११, २०८०
tribeni2

रुकुम पश्चिम । संयुक्त एम्बुलेन्स चालक संघ रुकुम पश्चिमको नयाँ कार्यसमिति चयन भएको छ ।

बिहिबार मुसिकोट नगरपालिका १ खलंगामा भएको संघको छैंटौ बार्षिक साधारण सभाबाट कृष्ण कुमार ददेलको नयाँ जिल्ला कार्यसमिति निर्माण भएको हो । 

नवनिर्वाचित संघको उपाध्यक्षमा देवबहादुर बुढाथोकी, सचिवमा विजय बस्याल, सह–सचिवमा बालाराम खत्री र कोषाध्यक्षमा गंगे पुन चयन हुनुभएको छ । 
त्यसैगरी संघको सदस्यहरुमा सोविराम खड्का, प्रेमप्रकाश पुन, मनविर खत्री, प्रविर विक, पारस कसेरा र टेकबहादुर पुन चयन हुनुभएको छ । 

वार्षिकोत्सवको अवसरमा संयुक्त एम्बुलेन्स चालक संघलाई सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई संघले सम्मान गरिएको अध्यक्ष ददेलले जानकारी दिनुभयो । 

जिल्ला कार्यसमितिका अध्यक्ष कृष्णकुमार ददेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संयुक्त चालक संघका केन्द्रिय अध्यक्ष नवराज लामिछाने, स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक डा. सुसिल पोख्रेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार देवकुमार ओलीले गर्नुभएको थियो ।

b519b1e8-e143-4c9a-b504-19e824d870501706186664.jpeg

67993973-f600-4465-8c66-b8d7cc97adca1706186666.jpeg

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्