Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा साताव्यापी कार्यक्रम सम्पन्न

शुक्रबार, माघ १२, २०८०
tribeni2

रुकुम पुर्व । सशस्त्र प्रहरी बल रुकुम पुर्वले बिभिन्न कार्यक्रमका साथ जिल्लामा संगठनको स्थापना दिवस मनाइएको छ । 

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्वले साताव्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरेर छैठौ स्थापना दिवस मनाएका हो । सशस्त्र प्रहरीले बिभिन्न बिधागत प्रतियोगिताहरुका साथै सरसफाई र मञ्चको कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । 

स्थापना दिवसको अवसरमा २ माइल दौड, भलिबल, तथा हतियार ह्यान्डलिङ प्रतियोगिताको आयोजना गरिएको सशस्त्र प्रहरी बल रुकुम पुर्वका गुल्मपति हेमराज न्यौपानेले जानकारी दिनुभयो ।  

यस्तै दिवसकै अवसर पारेर सप्ताहव्यापी रुपमा जिल्लाका सिस्ने गाउँपालिका ५ र ६ स्थित विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई तथा वृक्षारोपण गरिएको उहाँले बताउनुभयो । साताव्यापी रुपमा बिभिन्न कार्यक्रम गरेको गुल्मले शुक्रवार कार्यालय परिसरमा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । 
यस जिल्लामा  शान्ति सुरक्षालाई कायम गर्न २०७४ माघ १२ गतेका दिन सशस्त्र प्रहरी बल जिल्लामा आएको थियो । रुकुम पूर्वमा त्यसै दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आइएको छ । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सशस्त्र प्रहरी बल नेपाल नव्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गङ्गाराम श्रेष्ठले देशव्यापी रुपमा नै शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको ठुलो भूमिका हुने गरेको बताउनुभयो । रुकुम पूर्वमा पनि सशस्त्र प्रहरी बल आश्रीत गुल्मले आफ्नो छैठौ स्थापना दिवस मनाउँदै गर्दा जिल्लाको शान्ति सुरक्षालाई आगामी दिनसम्म पनि कायम राख्न, विपदको सामना गर्नेदेखि लिएर जनतामा परेको कुनै पनि समस्या समाधानका लागि सशस्त्र प्रहरी बल नेपाल सदैव जनताको सेवामा समर्पित रहने उहाँको भनाई छ । 

257fe445-589b-42b6-a0bc-e85598ae8c4d1706270690.jpeg

कार्यक्रमका विशेष अतिथी प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बिपदका बेलामा सशस्त्र प्रहरी बल रुकुम पूर्वले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि यसरी नै जिल्लाको शान्ति सुरक्षा र सुव्यवस्थालाई कायम राख्न तथा विपदको प्रतिकार्यमा प्रतिबद्ध भएर काम गर्न अग्रसर हुन प्रजिअ शर्माले आग्रह गर्नुभयो । 

स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न प्रतियोगितामा स्थान हाँसिल गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने, गत कार्त्तिक १७ गते गएको भुकम्पका कारण प्रभाबित क्षेत्रमा खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त अवसरमा विभिन्न माध्यामबाट संगठनको हितको लागि सहयोग पुर्याउने पुर्व प्रहरीहरुलाई पनि सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक हेमराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक गङ्गाराम श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको विशेष आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी  निरीक्षक प्रिन्स कुमार चन्दले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्