सोसल मिडिया
रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) को चौथो नगर सम्मेलन सम्पन्न भएको छ ।
शुक्रबार चौरजहारी नगरपालिका ३ स्थित माओवादी पार्टी कार्यालयमा भएको सम्मेलनले नबिन्द्र महताराको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
नेकपा (माओवादी केन्द्र) चौरजहारीका सचिव एल. बि. कटुवालका अनुसार सर्वसम्मत रूपमा कमिटी चयन भएको हो । जसको उपाध्यक्षमा रोशन ढकाल र सपना बि. क., सचिवमा विरेन्द्र के. सी., सह सचिवमा प्रतिमा राना र सृजना रोका चयन हुनुभएको छ भने कोषाध्यक्षमा भविन्द्र नेपाली चयन हुनुभएको छ ।
नगर सम्मेलनको उद्घाटन सत्रमा निवर्तमान नगर अध्यक्ष प्रकाश डाँगीको अध्यक्षता रहेको थियो भने नेकपा (माओवादी केन्द्र) चौरजहारीका ईन्चार्ज बिरेन्द्र बि.एम.को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टीका नगर अध्यक्ष सुदास स्वर्णकार, उपााध्यक्ष खुमबहादुर खड्का, सचिव एल. बि. कटुवाल, अनेरास्ववियू क्रान्तिकारीका जिल्ला अध्यक्ष निराजन केसी, पूर्व जिल्ला अध्यक्ष नारायण केसी लगायतको आतिथ्यता रहेको थियो ।