Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा १८ हजार बढी टहरा निर्माण

शनिबार, माघ १३, २०८०
tribeni2

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको करिब तीन महिना पुग्नैलाग्दा रुकुम पश्चिममा १८ हजार ८६६ वटा टहरा (अस्थायी आवास) निर्माण भएका छन् । भूकम्पको कारण क्षति भएका करिब ३० हजार घर मध्य १८ हजार बढी परिवारले टहरा निर्माण गरेका हुन् । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले आठविसकोट नगरपालिकामा पाँच हजार ७८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९१५ वटा, मुसीकोट नगरपालिकामा ४९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४७५ र बाँफिकोट गाउँपालिकामा ९७३ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले छ हजार ९७६ वटा टहरा निर्माणको चरणमा रहेका छन् ।

सहायक प्रजिअ बढुवालले अस्थायी आवास निर्माणको लागि हालसम्म जिल्लाका छ वटा स्थानीय तहमा रहेका स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ पठाईसकिएको बताउनुभयो । यो रकम २९ हजार ४०६ वटा अस्थायी आवास निर्माणका लागि निकाशा गरिएको हो । 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्