Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी नगरपालिकाद्वारा एक हजार २८४ परिवारको निःशुल्क स्वास्थ्य बीमा

आइतबार, माघ १४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गरिब, बिपन्न दलित, अल्पसंख्यक, जनयुद्धका घाईते र सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । 
नगरपालिकाले बार्षिक कार्यक्रममा व्यवस्था गरेको निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अनुसार बजेट व्यवस्था गरेर एक हजार २८४ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । अति विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुर्याउन स्वास्थ्य बीमा गरिएको नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिकले सहज र सरल तरिकाले स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले निशुल्क स्वासथ्य स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको हो । यस कार्यक्रमबाट विपन्न परिवारको स्वास्थ्यको सुरक्षा हुने विश्वास गरिएको नगर प्रमुख बादीको भनाई छ । 

यस वर्ष गरिएको स्वास्थ्य बीमा फागुन १ गते देखि लागु हुने बताईन्छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले निःशुल्क स्वास्थ्य बीमाको लागि नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को बजेटमा ४४ लाख ९४ हजार रुपियाँ बिनियोजन गरिएको थियो । सोहि रकमबाट आर्थिक अवस्था नाजुक भएका घरपरिवारको स्वास्थ्य बीमा गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत एक परिवारको बढीमा पाँच जनाले तोकिएको अस्पतालमा एक लाख रुपियाँ सम्मको उपचार निशुल्क गर्न पाउँछन् । एक घरपरिवारको लागि लाग्ने तीन हजार पाँच सय रुपियाँ नगरपालिकाले व्यवस्था गरिदिएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले यस वर्ष यो कार्यक्रमबाट नगरभित्रका छ हजार बढी नागरिकले निशुल्क स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको बताउनुभयो ।

नगरक्षेत्रमा रहेका गरिब, बिपन्न दलित, अल्पसंख्यक, जनयुद्धका घाईते र सहिद परिवारका व्यक्तिहरुले नगर सरकारले आफूहरुलाई यस कार्यले ठुलो राहत भएको बताएका छन् । कमजोर आर्थिक अवस्था भई आफ्नो रोगको उपचार गर्न नसकेकाहरुको लागि यस कार्यक्रमले उल्लेखनिय योगदान दिएको बताईन्छ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०९:३१
प्रतिक्रिया दिनुहोस्