भुकम्प प्रभावित बिद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

आइतबार, माघ १४, २०८०

रुकुम पश्चिममा भुकम्प प्रभावित एक विद्यालयका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका -१४ टाकुरामा रहेको जनबिकास माध्यमिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गरिएको हो ।

IMG-20240127-WA00061706418388.jpg
अमेरिकास्थित सरल नेपाली भाषा तथा  साँस्कृतिक केन्द्र (www.snlcc.org) का विद्यार्थी, अभिभावक, सदस्य र अन्य मनकारी ब्यक्तित्वहरुबाट संकलित तीन लाख ६० हजार रुपियाँबाट बालबालिकालाई सहयोग गरिएको हो । 

झुम्लाबाङ भिलेज फाउन्डेसन (जेभिएफ) का सदस्य तथा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कार्यरत डा.ओसन पुन मगरको समन्वयमा भुकम्प प्रभावित बिद्यालयका बालबालिकाहरुलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

IMG-20240127-WA00031706418388.jpg
सामाग्री हस्तान्तरण कार्यक्रममा डा. पुनसहित शिक्षा विकास तथा समन्वय इकाईका  प्रमुख तारा बहादुर पुन, समाजसेवी गोकर्ण बहादुर पुन, स्वास्थ्य सेवा कार्यालयका अहेब चन्द्र मल्ल, जेभिएफ अन्य सदस्यहरु, जनप्रतिनिधी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

करिब तीन सय विद्यार्थीहरु रहेको उक्त बिद्यालयका बालबालिकाहरुलाई न्यानो लुगा, कापी, कलम, पानी ट्यान्की शुद्धीकरण यन्त्र र विभिन्न बाद्यबादनका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

received_4142479042704611706419206.jpeg
सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक दिपक संगम थापाले सहयोगी र समन्वकारीहरुप्रती आभार व्यक्त गर्नु भयो । उहाँले चिसोबाट जोगिन प्राप्त न्यानो कपडा र सहज पठनपाठनको लागी प्राप्त शैक्षिक सामाग्रीले बालबालिकाहरुलाई मद्दत पुग्ने बताउनुभयो ।

गत कार्तिक १७ गतेको भुकम्पको कारण उक्त बिद्यालयमा अध्ययनरत तीन जना बालबालिकाको मृत्यु भएको थियो भने बिद्यालययका भवनहरु भत्किएका थिए । 

WhatsApp Image 2024-01-28 at 11.49.00_b426a3ba1706422263.jpg

IMG-20240127-WA00041706419206.jpg

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्