Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा प्रहरीलाई आक्रमण गर्ने चार जना पक्राउ, घाईते प्रहरीको कोहलपुरमा उपचार हुँदै

सोमबार, माघ १५, २०८०
tribeni2

रुकुम पश्चिममा ड्युटिमा रहेका प्रहरीलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बाँफिकोट गाउँपालिका वडा नम्वर ४ का २८ वर्षिय लक्ष्मण बिक, सोहि वडाका २२ वर्षिय जनक खनाल, वडा नम्वर ५ का २२ वर्षिय कैलाश पुरी र वडा नम्वर ६ का एक १५ वर्षिय बालक रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट सोमबार बिहान प्रहरी निरीक्षक खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । आईतबार बेलुका रुकुम पश्चिमकोे बाँफिकोट वडा नम्वर ३ स्यार्पुमा प्रहरी माथि आक्रमण भएको प्रहरीको भनाई छ ।

आक्रमणमा परेर ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानद्वय महेन्द्र बहादुर शाही र हिमराज खड्का घाईते हुनुभएको थियो । 
आक्रमणमा परि घाईते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ ।

उहाँहरुलाई उपचारका लागि आईतबार राती जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । घाईतेहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार स्थानीय युवाहरु विचमा विवाद भएको थियो । विवादपछि हो हल्ला गर्दै हिडेका युवाहरुलाई सम्झाई बुझाई गर्न खोज्दा केहि युवाहरुले उल्टै प्रहरी माथि आक्रमण गरेका थिए । युवाहरुले प्रहरी माथि हातपात गर्दै ढुङगा प्रहार गरेर घाईते बनाएको प्रहरीको भनाई छ । 

प्रहरी माथि हातपात तथा कुटपिट गर्ने अन्य व्यक्तिहरु फरार रहेको र उनीहरुको पनि खोज तलास भईरहेको प्रहरीको भनाई छ । 

सम्बन्धित समाचार .....
रुकुम पश्चिमको बाँफिकोटमा प्रहरी माथि कुटपिट, दुई प्रहरी गम्भिर घाईते

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्