रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा झोलुङ्गे पुलबाट खसेर मृत्यु

सोमबार, माघ १५, २०८०

जाजरकोट । जाजरकोटमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका–५, अरारी बस्ने वर्ष २८ का राज कुमार शाहीको मृत्यु भएको हो ।

नलगाडको दल्लीमा भईरहेको रनिङ शिल्ड हेरेर घर फर्कने क्रममा नर्सिङघाट खोलाको झोलुङ्गे पुलबाट खसेर शाही घाइते हुनुभएको थियो । 

उहाँको टाउको र शरिरको भित्री भागमा चोट लागेको थियो । उहाँलाई प्राथमिक अस्पताल दल्लीमा लगेर सामान्य उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज पठाइएकोमा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्