Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिउँ परेपछिको मैकोट गाउँ (तस्बिर र भिडियोमा)

बिहीबार, माघ १८, २०८०
tribeni2

रुकुम पूर्व । बिहिबार बिहानैदेखि देशभरका विभिन्न स्थानहरुमा पानी परेको छ । हिउँदे वर्षाको कारण हिमाली तथा पहाडि क्षेत्रका विभिन्न भूभागमा हिमपात समेत भएको छ । 

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा पनि बाक्लो हिमपात भएको छ । जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र मानिने पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्वर १ मैकोट गाउँ हिउँले सेताम्मे भएको छ । 

हिउँपरेपछि चिसो बढेपनि स्थानीयहरु खुशि भएका छन् । हिउँदे बाली गहुँ र जौ सप्रने भन्दै किसानहरु खुशि भएको मैकोट गाउँका आशिष घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपात गहुँ र जौ खेतीका लागि मल सरह भएको मानिन्छ । 

हिमपातपछि यहाँका बालबालिका र बृद्धबृद्धाहरुको जनजीवन कष्टकर बनेको छ । बिहानै देखि परेको हिउँको कारण बालबालिकाहरु बिद्यालय जान सकिरहेका छैनन् । 

मैकोट गाउँ र आसपास क्षेत्रमा हिउँ परेर सेताम्मे भएपछिको दृश्य यहाँ प्रस्तुत गरिएको छ । यी दृश्यहरु हामीलाई पुथा हिमालय माविका शिक्षक चिरञ्जीवी मल्लले उपलब्ध गराउनुभएको हो ।  

भिडियो :

तस्बिरहरु :

420464765_939995087783134_8265649377325276022_n1706771087.jpg

422580570_423908523429091_5499036552503660061_n1706771084.jpg

422750618_285465157580381_4467518476969550056_n1706771078.jpg

422645624_1802247040242351_9171372751375064850_n (1)1706771072.jpg

420543080_922811342311977_5410181460111093120_n (1)1706771071.jpg

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्