चौरजहारीको कुरलमा एक पुरुषकाे शव फेला 

बिहीबार, माघ १८, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ । 

चौरजहारी नगरपालिका -३ को कुरलस्थित भेरि नदिको खोचमा वेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार नदिको खोचमा अड्किएको अवस्थामा शव फेला परेको हो । 

उहाँका अनुसार अन्दाजी वर्ष ४० को देखिने, उचाई ५ फिट ६ ईन्च भएको, मोटो शरिर भएको व्यक्तिको शव फेला परेको हो । उक्त शवको औलामा किरा परेर दुर्गन्धित भएको बताईएको छ । शवको माथिल्लो शरिरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरिरको भागमा निलो रंगको फुल ट्रयाक रहेको डिएसपी भट्टराईले उल्लेख गर्नुभयो ।

उक्त शवको पहिचान भने खुलेको छैन । उक्त शवको घटनास्थल लाश जाँच प्रकृती मुचुल्का कार्य पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले रुकुम पश्‍चिमको शव गृहमा राखिएको छ ।

शवको आफन्ती पहिचान हुन आएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्