सोसल मिडिया
रुकुम पश्चिम । पराम्परागत रुपमा लाग्दै आएको पापिनि मेलाको अवसरमा आयोजित साबिक मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत शुद्ध वडा स्तरीय पुरुष भलिबल खेल सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख गाउँमा भएको भलिबल खेलको उपाधि सानीभेरी गाउँपालिका वडा नम्बर ७ ले हात पारेको छ ।
आयोजक हाम्रो सरोकार रुकुमका अध्यक्ष रिजन पाण्डेले दिनुभएको जानकारी अनुसार फाइनल खेलमा बाँफिकोट गाउँपालिका वडा नम्बर ४ लाई हराउँदै सानीभेरी ७ ले उपाधि हात पारेको हो । उसले एक लाख ११ हजार नगद सहित मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपविजेता बाँफिकोट गाउँपालिका ४ ले ७५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो स्थान प्राप्त गर्ने बाँफिकोट गाउँपालिका वडा नम्बर ३ ले नगद ४१ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
अध्यक्ष पाण्डेका अनुसार सान्त्वना स्थान हाँसिल गर्ने आयोजकले ३१ हजार नगद सहित मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।
भलिबल खेलमा उत्कृष्ट खेलाडिको उपाधि सानीभेरीका गणेश बुढाथोकीले पाउनु भएको छ भने बेष्ट सेटरको उपाधि सानीभेरीकै कमल बिष्टले पाउनुभएको छ । त्यसैगरी सानीभेरीका जीवन बोहराले बेष्ट कोच, बाँफिकोटका ईश्वर परियारले उदयमान खेलाडीको उपाधि जित्नु भएको छ ।
सानीभेरीकै मोनय बुढाथोकी, पाण्डव बुढाथोकी र पवन बुढाथोकीले क्रमशः बेष्ट डिफेण्डर, बेष्ट कुईकर र बेष्ट स्पाईकरको उपाधि पाउनुभएको अध्यक्ष पाण्डेले जनाउनुभयो ।
माघ ११ गते देखि सञ्चालन भएको भलिबल प्रतियोगिता बुधवार सकिएको हो । भलिबल प्रतियोगितामा २२ समूहले भाग लिएका थिए ।