Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडी राजमार्गको हिउँमा फसेका गाडी र यात्रुको उद्दार

बिहीबार, माघ १८, २०८०
tribeni2

रुकुम पश्चिम । आज बिहानै देखि परेको हिमपातको कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । हिमपातको कारण राजमार्गको रुकुम पश्चिम र रुकुम पुर्वको खण्ड अवरुद्ध भएको हो।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ रिनदह क्षेत्रमा र रुकुम पुर्वको बाग्लुङ सिमा क्षेत्र पातिहाल्नमा परेको बाक्लो हिमपातको कारण यातायातका साधनहरु अवरुद्ध भएका हुन् ।
FB_IMG_17067884006281706793651.jpg
हिउँमा फसेका यात्रुको उद्दार

यसैबिच बाक्लो हिमपात भएका कारण राजमार्ग अवरुद्ध भएपछि रिनदह क्षेत्रमा फसेका गाडी र यात्रुहरुको उद्दार गरिएको छ। मुसिकोट नगरपालिकाका नगर प्रहरी इन्चार्ज उमेश केसीका अनुसार पाँच घण्टासम्म हिउँमा फसेका गाडी र यात्रुहरुको उद्दार गरिएको हो । 

नगर प्रहरी ईन्चार्ज केसीका अनुसार निमित्त प्रमुख प्रशासकिय अधिकृत कुबेर केसी, वडा नम्वर ८ का वडा अध्यक्ष जय बहादुर थापा, वडा नम्वर ७ का वडा सदस्य अरुण कुँवर, साँखस्थित प्रहरी पोष्टका सुरक्षाकर्मीहरु परिचालन भएर दुई वडा गाडि र यात्रुहरुको उद्धार गरिएको छ । 

बाक्लो हिमपातको कारण सडकखण्ड अवरुद्ध भएको भन्ने सूचना प्राप्त हुनासाथ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डीदल गणका सेनानी रमेश चन्द, प्रहरी नायब उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन लामिछाने, प्रमुख अनुसन्धान अधिकृत होमराज रेग्मी, मुसिकोट नगरपालिकाका नगर प्रहरी सहितको टोलि रिनदह क्षेत्र पुगेको थियो ।

FB_IMG_17067884379841706793653.jpg
नगरपालिकाको जेसिभी र सुरक्षाकर्मिसहितको टोलीले सडक क्षेत्रको हिउँ पन्छाएर हिउँमा फसेका गाडी र यात्रुको उद्दार गरेको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम पश्चिम, रुकुम पुर्व र काठमाडौ आउजाउको क्रममा हिउँमा फसेका गाडी र यात्रुको उद्दार गरिएको हो ।

प्रहरी र जेसीभी लगाएर हिउँ हटाएतापनी नियमित परेको पानी र हिमपातको कारण सडक फेरि पनि अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । अत्याधिक हिमपातका कारण बाटो पुर्ण रूपमा खुलाउन नसकिएको उहाको भनाई छ । घाम नलाग्दासम्म बाटो खुल्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्