Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोट १२ मा १६० जनाको निशुल्क स्वास्थ्य परिक्षण

बिहीबार, माघ १८, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ मा नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । तीन दिनसम्म चलेको स्वास्थ्य सेवा परिक्षण कार्यक्रमबाट १६० जना सर्वसाधारणहरुको स्वास्थ्य जाँच गरिएको छ । 

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा निर्देशनालयको आयोजना तथा मुसिकोट नगरपालिकाको समन्वयमा मुसिकोट नगरपालिक वडा नम्वर १२ ले ५५ बर्ष माथिका नागरिकहरुलाई लक्षित गरेर स्वास्थ्य सेवा परिक्षण कार्यक्रम आयोजना गरेको थियो । 

वडा अध्यक्ष धिरण सिर्पालीका अनुसार स्वास्थ्य परिक्षण कार्यक्रममा सुगर, ब्लड प्रेसर, पिसावको निशुल्क चेकजाँच गरिएको थियो । माघ १६ गते देखि १८ गतेसम्म वडामा संचालन भएको उक्त नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमबाट  १६० जनाको स्वास्थ्य चेकजाँच गरिएको हो । 

वडा अध्यक्ष सिर्पालीले वडाका नागरिकहरुको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिएको भन्दै अहेव कल्पना कार्की, अहेव एवं आधारभुत स्वास्थ्य केन्द्र मुसिकोट १२ का प्रमुख यसोधा दहाल ज्यु , १२ नम्वर स्वास्थ्य कार्यालय अनमी सीता खड्का ओलि, वडाका स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।  

424897083_760266245961060_2229665060711960834_n1706798822.jpg

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्