Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दलबहादुरको उपचारको लागि आर्थिक समस्या, सहयोगको लागि याचना

शुक्रबार, माघ १९, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट -१४ लोरिबाङ्ग दलबहादुर ओलीको उपचारको लागि आर्थिक समस्या भएको छ । 

केहि समय अघि भारतको सोलनमा भएको सडक दुर्घटनामा घाईते हुनुभएका ओलीको उपचारको लागि आर्थिक अभाव भएको हो । रोजगारीको लागि भारत जानुभएका उहाँ सडक दुर्घटनामा परेपछि टाउको र मृगौलामा समस्या देखिएको थियो । 

उहाँका आफन्त नवराज केसीका अनुसार घाईते ओलीलाइ अहिले भारतको इदिरा गान्धि हस्पिटलमा भेन्टीलेटरमा राखेर उपचार भईरहेको छ । 

पारिवारीक अवस्था कमजोर भएका उहाँको उपचारमा आर्थिक समस्या बढिरहेको छ । साझ बिहानको खान पुग्ने अबस्था नरहेको अवस्थामा उहाँका आफन्त केसी लगायतले उहाँको उचारको लागि सहयोग अभियान सुरु गर्नुभएको छ ।

अभियानकर्ता केसीका अनुसार ओलीको उपचारका संलग्न चिकित्सकले आर्थिक समस्या हुन नदिएमा उहाँको ज्यान बचाउन सकिने जनाएका छन् । उहाँको श्रीमती लगायतका आफन्तजनहरुले उपचारको लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । 

WhatsApp-Image-2024-01-31-at-19.14.31_6233d0381706848109.jpg
घाईते दलबहादुर ओली

सहयोग संकलनको लागि सक्रिय नवराज केसीले मानविय संवेदना बोकेका तथा मनकारी व्यक्तिहरु आर्थिक सहयोग गर्न सुरु गरेको समेत  बताउनुभयो । घाईते ओलीको उपचारमा आर्थिक सहयोग गरिदिन उहाँले याचना गर्नुभएको छ ।  

सहयोगका लागि :

नाम : NABARAJ KC
माेबाइल नम्बर : 9849374479
बैक खाता नम्बर  : 0770850744205001 
बैककाे नाम : Sunrise bank, Sanibheri branch

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्