Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हिमपातले मध्यपहाडि अझै अबरुद्ध, राप्ती राजमार्ग हुँदै पठाईयो काठमाडौ जाने गाडि

शुक्रबार, माघ १९, २०८०
tribeni2

रुकुम पश्चिम । हिजो बिहिबार बिहानै देखि परेको वर्षासँगैको हिमपातको कारण मध्यपहाडि राजमार्ग अझै अवरुद्ध रहेको छ । रुकुम पश्चिम र रुकुम पूर्वको सडकखण्डमा भएको बाक्लो हिमपातको कारण यातायात अवरुद्ध भएको हो । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ र ८ को रिनदह क्षेत्र र रुकुम पूर्व र बाग्लुङको सिमाना क्षेत्र पातिहाल्नमा परेको हिमपातको कारण यातायात अवरुद्ध भएको बताईएको छ । 

मध्यपहाडि सडक अवरुद्ध भएपछि रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै काठमाडौ जाने यातायातका साधनहरु छुटाईएको छैन । जिल्ला सदरमुकामबाट काठमाडौका लागि जाने गाडिहरु राप्ती राजमार्ग हुँदै छुटाईएको छ । त्यसैगरी जिल्लाका पश्चिमी क्षेत्रबाट काठमाडौका लागि छुट्ने गाडिहरु सल्लीबजार, कोहलपुर, बुटवल हुँदै जानको लागि छुटाईएको छ । 

रुकुम सिस्ने यातायात प्रा.लि.का कर्मचारी डेबिट गौतमका अनुसार रुकुम पश्चिमबाट मध्यपहाडि हुँदै रुकुम पूर्व, बाग्लुङ, पोखरा, काठमाडौ जाने बस छुटाईएको छैन । काठमाडौ जानका लागि भने सल्यान दाङ, बुटवल हुँदै बस पठाईएको छ । हिउँ नपन्छाउन्जेल वा नबिलाउन्जेलसम्म गाडि आउजाउमा मुश्किल हुने गौतमको भनाई छ । 

हाल रुकुममबाट रुकुम सिस्ने यातायात प्रा.लि., सानीभेरी यातायात सेवा प्रा.लि., बटालियन यातायात प्रा.लि., सानीभेरी यातायात सेवा प्रा.लि., कमलदह यातायात प्रा.लि., घोडाघोडि यातायात लगायतले काठमाडौको लागि यात्रु सेवा दिईरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्