Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दैलेखबाट आउँदै गरेको मिनिबस सुर्खेतमा दुर्घटना हुँदा दुईको मृत्यु, सात जना घाईते

बस चालकले नभई साहुले चलाउँदा दुर्घटना, चालक फरार
tribeni2

सुर्खेत / दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगरको लादेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।

दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०१६६ नम्बरको देउती नागरिक यातायातको मिनिबस शनिबार दिउँसो लादेमा अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ११ का युवा शुशिल राउत र दैलेखकै भगवती गाउँपालिका १ की ३४ वर्षीया शान्ता आचार्य रहेकी छन् । गम्भीर घाइते उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सामान्य घाइते ७ जनाको प्रदेश अस्पताल, देउती र माया नर्सिङ होममा उपचार भइरहेको छ । बस दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बस चालकले नभई साहुले चलाउँदा दुर्घटना भएको यात्रुहरुले बताएका छन् । बस चालक भने फरार रहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १९:१०
प्रतिक्रिया दिनुहोस्