Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित विद्यालयमा बनाईएका सिकाई केन्द्र काटेर ‘धुजाधुजा’

शुक्रबार, माघ १९, २०८०
tribeni2

रुकुम पश्चिमको एक विद्यालयमा बनाईएका अस्थायी सिकाई केन्द्र र बालमैत्री सिकाई केन्द्र काटेर धुजाधुजा पारिएको छ । सानीभेरी गाउँपालिका –१ चाईनाबगरस्थित भेरी दोभान माध्यमिक विद्यालयमा निर्माण गरिएका सिकाई केन्द्रमा अज्ञात समुहले क्षति गराएको छ । 

भूकम्पले विद्यालयका भवनहरु पूर्ण रुपमा क्षति भएपछि विद्यालयले अस्थायी सिकाई केन्द्र निर्माण गरेर पठनपाठन सुरु गरेको थियो । बिहिबार रातीको समयमा विद्यालयको प्राङगणमा बनाईका अस्थायी सिकाई केन्द्र र बालमैत्री सिकाई केन्द्र काटेर क्षति गरिएको बिद्यालयका प्रधानाध्यापक पूर्णबहादुर ओलीले जानकारी दिनुभयो । 

21706856126.jpg

उहाँका अनुसार सात वटा अस्थायी सिकाई केन्द्र र एक वटा बालमैत्री स्नेही केन्द्र बनाईएका त्रिपाल र म्याट काटेर क्षति गरिएको छ । कैची तथा धारिलो हतियारको प्रयोग गरेर सिकाई केन्द्र बनाईएका त्रिपाल, प्लाष्टिक र म्याट काटेर धुजाधुजा पारिएको प्रधानाध्यापक ओलीले बताउनुभयो । 

विद्यालयका शिक्षक भूपेन्द्र ओलीले अज्ञात व्यक्ति तथा समुहले यस्तो कार्य गरेको बताउनुभयो । स्थानीय प्रहरीलाई घटनाबारे जानकारी गराईएको समेत शिक्षक ओलीले जानकारी दिनुभयो । 

11706856127.png

भूकम्पले विद्यालय भवनहरु क्षति गरेपछि युनिसेफको सहयोगमा सिकाई निरन्तरताको लागि विद्यालयमा ती केन्द्रहरु स्थापना गरिएको थियो । 

अस्थायी सिकाई केन्द्रमा क्षति भएपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ । चिसो मौसममा बिद्यार्थीहरु खुला चौरमा बसिरहेका छन् । बालशिक्षा देखि कक्षा १२ सम्म पठाई हुने यस विद्यालयमा ३३६ जना विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ । 

31706856128.jpg

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्