Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
विपदमा रेडक्रसको साथ

रेडक्रसद्वारा २५० भूकम्प पीडित परिवारलाई शौचालयसहितको आवास निर्माण

एक हजार दुई सय घरधुरीलाई नगद सहयोग
शनिबार, माघ २०, २०८०
tribeni2

नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिम शाखाको सहयोगमा भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ ।

कर्णाली भुकम्प प्रतिकार्य कार्यक्रम मार्फत सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको हो ।  

रेडक्रसका कार्यक्रम संयोजक सरोज थापाका अनुसार वहुउद्देश्यीय नगद सहित भूकम्प प्रभावितका लागि अस्थायी आवास, शौचालय र खानेपानी ट्यांकीको व्यवस्थापन गर्न सहयोग गरिएको हो ।

प्रति परिवार ८७ हजारका दरले २५० घरपरिवारलाई दुई करोड ९७ लाख ५० हजार रकम सहयोग उपलव्ध गराउने लक्ष्य वमोजिम हालसम्म पहिलो किस्ता वापत प्रति परिवार ५४ हजार पाँच सयका दरले सबै लाभग्राहीहरुको खातामा रकम निकासा गरिसकेको थापाले जानकारी दिनुभयो । 

WhatsApp Image 2024-02-03 at 18.28.33_5cea1cd41706966033.jpg

निर्माण सम्पन्न भएका संरचनाहरुको जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला तथा पालिकास्थित अन्य सरोकारवाला निकायहरुको उपस्थितिमा संयुक्त अनुगमन समेत सम्पन्न भइसकेको छ । लाभग्राहीहरुको खातामा अन्तिम किस्ता वापतको रकम पठाउने तयारी भइरहेको कार्यक्रमका योजना, अनुगमन, मुल्यांकन तथा प्रतिवेदन अधिकृत शैलेश श्रेष्ठले जानकारी दिनुभयो । 

एक हजार दुई सय घरधुरीलाई नगद सहयोग

यसैगरी वहुउद्देश्यीय नगद सहयोग अन्तर्गत दुइवटै पालिकाका वडा कार्यालयले छनौट गरी पठाएका जेष्ठ नागरिक, दीर्घरोगी, एकल महिला, गर्भवती, सुत्केरी तथा अपांगता भएका लाभग्राहीहरुमध्येबाट एक हजार दुई सय दुई घरधुरीलाई १५ हजारका दरले थप एक करोड ८० लाख ३० हजार रकम लाभग्राहीहरुको खातामा पठाइसकेको श्रेष्ठले बताउनुभयो ।

सानीभेरी गाउँपालिका ४ का भूकम्प पीडित धने विष्टले खुसी हुँदै भन्नुभयो, ‘भुकम्पमा परी मेरो घर र शौचालय भत्कियो, रेडक्रसबाट प्राप्त भएको सहयोगले अहिले अस्थायी आवास र शौचालय बनाइसकेको छु, साथै हात धुनको लागि पानी ट्यांकी समेत व्यवस्थापन गरिसकेको छु ।’ सहयोगका लागि उहाँले रेडक्रस प्रति आभार व्यक्त गर्नुभयो । 

WhatsApp Image 2024-02-03 at 18.28.28_f0268de71706966026.jpg

त्यसैगरी सानीभेरी गाउँपालिका वडा नम्वर ११ की सरिता बि.क.ले रेडक्रसमार्फत प्राप्त गरेको वहुउद्देश्यीय नगद शौचालय निर्माणमा खर्च गर्ने बताउनुभयो । सहयोग उपलव्ध गराएकोमा खुसी हुँदै उहाँले रेडक्रसलाई धन्यवाद दिनुभयो ।  

रेडक्रसले सम्वन्धित पालिकामार्फत लाभग्राही कायम भएका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास, शौचालय र खानेपानीको ट्यांकी सहित वहुउद्देश्यीय प्रयोजनका लागि नगद रकम सहयोग गरेको हो । रेडक्रसबाट सहयोग लिएका भूकम्प प्रभावितहरुले सरकारले दिएको सहयोग रकम भने पाउने छैनन् ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्