Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटको सामुदायिक वनमा डढेलो लाग्दा चार सय विरुवामा क्षती

आइतबार, माघ २१, २०८०
tribeni2

रुकुम पश्चिमको एक सामुदायिक वनमा लागेको डढेलोका कारण करिब चार सय बोट विरुवामा क्षती पुगेको छ । 

मुसिकोट नगरपालिका वडा नम्वर -१ रावलबारास्थित बारेगौरा सामुदायिक वन क्षेत्रमा आगलागी हुँदा चार सय बोट विरुवामा क्षती भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

डिभिजन वन कार्यालयका प्रमुख शेर बहादुर परियारका अनुसार सामुदायिक वनमा आगलागी हुँदा करिब १५ हेक्टर क्षेत्रफमा रहेका विभिन्न प्रजातीका स साना बोटहरुमा क्षती भएको हो । सल्लो, पैयु, चुत्रा लगायतका प्रजातिका साना बोटहरुमा क्षती पुगेको डिभिजनल प्रमुख परियारले जानकारी दिनुभयो ।  

शनिबार दिउँसो उक्त वनमा आगलागी भएको थियो । आगलागीको सूचना लगत्तै डिभिजन वन कार्यालय, नेपाल प्रहरी, मुसिकोट नगर प्रहरी, वन उपभोक्ता समुह र स्थानीयवासीको टोली पुगेर वन डढेलो नियन्त्रणमा लिईएको थियो ।

करिब १ घन्टामा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  २०:२३
प्रतिक्रिया दिनुहोस्