Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
वडा अध्यक्षको निधन

मंगलबार सानीभेरीमा शोक बिदा, सरकारी कार्यालयमा तीन दिन झण्डा आधा झुकाईने

सोमबार, माघ २२, २०८०
tribeni2

रुकुम पश्चिम । भोली मंगलबारका दिन रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा शोक बिदा दिईएको छ । 

सानीभेरी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष अल बहादुर खनालको असामयिक निधन भएको शोकमा सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाले निर्णय गरेको हो । 

गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टका अनुसार सोमबार बिहान वडा अध्यक्ष खनालको उपचारको क्रममा मृत्यु भएको खबरपछि आकस्मिक रुपमा बसेको गाउँ कार्यपालिका बैठकले भोलि मंगलबारको दिनलाई ‘सानीभेरी शोकको दिन’ घोषणा गरेर सार्वजनिक बिदा गर्ने निर्णय गरिएको छ ।

उक्त दिन गाउँपालिकामा भित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरु र शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिईएको छ भने सबै सरकारी कार्यालयहरुमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय भएको छ । 

४१ वर्षिय वडा अध्यक्ष खनालको काठमाडौको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । जण्डिसको कारण उहाँको फोक्सो, कलेजो र मृगौलामा समस्या भएपछि भेण्टिलेटरमा राखेर उपचार भईरहेको थियो । 

वडा अध्यक्ष र कार्यपालिका सदस्यको रुपमा खनालले पुर्याउनु भएको योगदान तथा समन्वयकारी भूमिका सदासर्वदा स्मरण भईरहने गाउँपालिका अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो । अध्यक्ष बिष्टले मृतक खनालप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

सानीभेरी गाउँपालिका -५ का वडा अध्यक्षको मृत्यु

426000666_300501269679029_2875757337481387259_n (1)1707144993.jpg

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २०:१४
प्रतिक्रिया दिनुहोस्