Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटका ६७० भूकम्प प्रभावितलाई ब्लाङकेट वितरण

सोमबार, माघ २२, २०८०
tribeni2

नेपाल ख्रीष्टिय राहत सेवा कुमारीपाटी ललितपुरले रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई राहत तथा न्यानो कपडा वितरण गरेको छ । ख्रीष्टिय राहत सेवाले मुसिकोट नगरपालिकाका विभिन्न सात वटा वडाका ६७० घरपरिवारलाई ब्लाङकेट उपलब्ध गराएको हो । 

भूकम्पले पुर्ण तथा आशिंक क्षति भएका वडा नम्वर १, ४, ५, ६, ८, ९ र ११ का ६७० प्रभावित घरपरिवारलाई जाडो महिना लक्षित गरी ब्लाङकेट वितरण गरिएको हो । 

संस्था कोषाध्यक्ष श्री मुकुन्द कुमार शर्माले अन्य संघसंस्थाहरुले राहत वितरणका युन उपस्थिति जनाएका वडा क्षेत्रहरु छनौट गरेर राहत वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालय, पालिका, नेपाल प्रहरी लगायतको टोलीले गरेको निरिक्षण पश्चात प्रभावितहरुको सूचिमा नामावली समावेश भएका लाभग्राहीलाई राहत दिईएको हो । सस्थाले सम्बन्धित वडा कार्यालयमै पुगेर राहत वितरण गरेको हो । 

WhatsApp Image 2024-02-05 at 19.53.39_b01776081707147182.jpg

मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले मानविय क्षति नभएतापनि मुसिकोटका विभिन्न वडाहरुमा भौतिक क्षति भएको उल्लेख गर्नुभयो । उहाँले दातृ निकायहरुको नजर पर्न नसकेको मुसिकोटमा नेपाल ख्रीष्टिय राहत सेवालाई अनुरोध गर्ने वितिकै सर्वेक्षण न्यानो कम्बल वितरण गरिदिनुभएको बताउनुभयो । 

नेपाल ख्रीष्टिय राहत सेवाको रुकुम जिल्लामा जीविकोपार्जन, विपत्त व्यवस्थापन सम्बन्धि तालिम तथा आवश्यक सामाग्री सहयोग गरी समुदाय विकासको निम्ति अनवरत प्रयास गरेको जनाउनुहुँदै नगर प्रमुख केसीले सहयोगका लागि आभार ब्यक्त गर्नुभयो । 

यसअघि सस्थाले आठविसकोट नगरपालिकामा एक हजार ४८९ भूकम्प प्रभावित घरधुरी, त्रिवेणी गाउँपालिकाका एक हजार ९५० परिवारलाई र मुसिकोट नगरपालिका वडा नम्वर १४ का २२२ परिवारलाई पिफम, कम्बल, त्रिपाल, पोषण लिटो, टेण्ट, किचेन सेट, झुल आदि वितरण गरिसकेको छ ।  

यस सस्थाले २०७४ साल देखि नै रुकुम पश्चिमका विभिन्न वडाहरुमा बालबालिका, जेष्ठनागरिकहरुलाई सहयोग पु¥याउदै आएको छ भने कोरोना महामारीको समयमा  अस्पताल, पालिका, वडा र विभिन्न गाउँटोलमा कोरोना रोकथाम र बचाऊका लागि राहत वितरण गरेको थियो ।  

राहत वितरणका केहि तस्बिरहरु :

WhatsApp Image 2024-02-05 at 19.54.20_929d39e21707147184.jpg

WhatsApp Image 2024-02-05 at 19.55.04_b3774f7d1707147188.jpg

WhatsApp Image 2024-02-05 at 19.57.02_939ba15a1707147191.jpg

WhatsApp Image 2024-02-05 at 19.56.27_e436c2301707147191.jpg

WhatsApp Image 2024-02-05 at 19.57.35_84b8332b1707147196.jpg

WhatsApp Image 2024-02-05 at 19.59.53_761b26921707147198.jpg

WhatsApp Image 2024-02-05 at 20.05.40_495ff9171707147199.jpg

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्