Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सहिदको सम्मान र सम्झना

रुकुम पूर्वमा सहिद स्मारक संग्राहलय तथा पार्क

पर्यटकिय गन्तव्य बोकेको सहिद पार्क
२०७८ कार्तिक १
tribeni2

रुकुम पूर्व / विगतको सशस्त्र जनयुद्धको बेला ज्यान गुमाएका सहिदहरुको सम्झना र सम्मानमा सिस्ने गाउँपालिका वडा नम्वर २ नेटामा सहिद स्मारक संग्राहलय तथा पार्क निर्माणको काम अन्तिम अवस्थामा रहेको छ ।

रुकुम पूर्वका सुन्दर बस्तिहरुको दृश्यावलोकनका साथै यस क्षेत्रको जडिबुटी, बन्यजन्तु, धर्म, संस्कृति, रितिरिवाज, भेषभूषा र पेशा झल्किने संग्राहलय स्थापना हुने संग्राहलयमा जनयुद्धकालका १४ सहिदहरुको सालिक निर्माणको काम तिब्र रुपमा भैरहेको छ ।

आर्थिक वर्ष ०७५/०७६ बाट निर्माण कार्य सुरु गरिएको यो संग्राहलय यसै आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको वडा नम्वर २ का वडा अध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

पार्कमा निर्माण गरिएको संग्रालय रहने भवन र हल

यस योजनाको लागि २ करोड ९७ लाखको डिपीआर बनाईएको छ । वडा अध्यक्ष केसीका अनुसार सहिद स्मारक संग्राहलय तथा पार्क निर्माणका लागि हाल सम्म सिस्ने गाउँपालिकाको ८१ लाख, लुम्बिनी प्रदेश सरकारको समपुरक बजेटबाट ६० लाख र माननिय कमला रोकाको संसद विकास कोषको ५० लाख गरि १ करोड ९१ लाख लगानी भैसकेको छ । यस बर्ष सिस्ने गाउँपालिकाको ५० लाख र लुम्बिनी प्रदेश सरकारको समपुरक बजेटबाट ५० लाख गरि एक करोड छुट्याइएको छ ।

पार्कमा रहेको प्रतिक्षालय र सहिदको सालिक स्थापनाको स्तम्भ

सिस्ने गाउँपालिकाको केन्द्र रहेको रुकुमकोटबाट झण्डै साढे ३ घण्टा लगाएर सानीभेरीको किनारै किनारको पैदल यात्रा पछि पार्कमा पुग्न सकिन्छ । हिउँदयामको समयमा देउखोलासम्मको सवारी साधनको करिव ४० मिनेटको यात्रा र १ घण्टाको पैदल यात्राबाट पनि यस स्थलमा पुग्न सकिन्छ ।

पार्कको पूर्वमा रहेको प्रबेश मार्ग

निर्माणाधिन अवस्थामा रहेको यस पार्क तथा संग्राहलयमा अहिले नै स्थानीय तथा बाह्य पर्यटकहरुको अवलोकनका लागि आउन थालेका छन् । बिशेषगरी चाडवाड र स्थानीय पर्वका बेला पार्क अवलोकन गर्नेहरुको संख्या बढि हुने गरेको छ ।

यस परियोजनामा मुल बाटो देखि पार्क सम्म जाने सिढि निर्माणको कार्य, सहिदहरुको सालिक स्थापना, बगैचा निर्माणको कार्य र प्रतिक्षालय तथा बिसौनीमा पानी र बिजुली जडान लगाएतका कार्यहरु अझै बाँकि रहेका छन् ।

पार्कको उत्तर पश्चिममा रहेको प्रबेश मार्ग
पार्कमा तस्विर खिचाउदै अवलोकनकर्ता

 

Park

 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्