Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कात्तिक ३ गते कर्णालीमा बिदा

२०७८ कार्तिक १
tribeni2

सुर्खेत / कर्णाली प्रदेशमा कात्तिक ३ गते बुधबार सार्वजनिक विदा हुने भएको छ । प्रदेश सरकारले प्रदेशभर लागु हुनेगरी असोज शुक्ल पूर्णिमाको दिन सार्वजनिक विदा दिने भएको हो ।

प्रदेशमा असोज शुक्ल पूर्णिमाका विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत रोशनबहादुर शाहीले बताउनुभयो ।

कर्णाली प्रदेश सरकार (मन्त्रीपरिषद)को २०७८ बैशाख १७ को निर्णय अनुसार असोज शुक्ल पूर्णिमाको अवसरमा बिदा दिईने भएको हो ।

प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक सस्था, बैैक तथा बित्तिय सस्थाहरुमा सार्वजनिक बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले निकालेको सूचना : 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्