सानीभेरीमा गुरिल्ला म्याराथन सुरु

मंगलबार, फागुन १, २०८०

रुकुम पश्चिमको सानीभेरीमा ‘छैटौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन, २०८०’ सुरु भएको छ ।

सानीभेरी गाउँपालिकाले राष्ट्रिय खेलकुद परिषदको सहयोगमा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजना गरेको म्याराथन सुरु भएको हो । 

म्याराथनको कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले रिबन काटेर उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा केटातर्फ ३५ जना र केटितर्फ १२ जनाको सहभागिता रहेको छ ।  

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले तत्कालिन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’ताका माओवादीका जनमुक्ति सेनाहरु हिडेको बाटोमा धावक दौडने बताउनुभयो । धावकहरु ‘जनयुद्ध’मा माओवादीले सेनाले विभिन्न तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म पुग्ने गरी म्याराथनको रुट तय गरिएको छ । मौराखारा लेक समुन्द्र सतहबाट दुई हजार नौ सय मिटरको उचाईमा रहेको छ । यस पटकको म्याराथन छैटौ संस्करण हो ।

प्रतियोगितामा पुरुष तर्फ ४८ किलोमिटर र महिला तर्फ ३४ किलोमिटरको दुरी तोकिएको छ ।

पुरूष म्याराथनतर्फ प्रथमलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ४५ हजार, चौथोलाई १५ हजार र टप टेनभित्र पर्नेलाई तीन हजार रुपियाँ पुरस्कार तोकिएको छ भने महिला म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथोलाई १० हजार र टप टेनभित्र पर्नेलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्