Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुद्ध दिवसको अवसरमा सहिद परिवार र घाईतेलाई सम्मान

मंगलबार, फागुन १, २०८०
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १३ ले जनयुद्ध दिवस, २०८० को अवसरमा सहिद परिवार र घाईते तथा अपाङगता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले वडा नम्वर १३ र १४ का १६ जनालाई सम्मान गरेको हो । 

वडा अध्यक्ष खल बहादुर खड्काले वडा कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरेर सहिद परिवार र घाईतेहरुलाई सम्मान गरिएको बताउनुभयो । उहाँका अनुसार दुई वटा वडाका ११ जना सहिद परिवार र पाँच जना घाईतेलाई सम्मान गरिएको हो । 

उहाँहरुलाई फूलमालाले सम्मान गर्नुका साथै न्यानो ब्लाङकेट उपलब्ध गराईएको छ । सम्मान पश्चात सहिद परिवार तथा घाईतेहरुले वडा सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । 

आज फागुन १ गते सहिद दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । 

426742397_7908565365825098_7120819041963431237_n1707808878.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्