Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नकुन्नी र निर्मलाको हत्याकाण्ड

'नकुन्नी र निर्मलाको हत्याको अभियुक्त सरकारको संरक्षणमा छ' : अनेरास्ववियु

निश्पक्ष छानबिन नगरे कडा आन्दोलन गर्ने चेतावनी
२०७८ कार्तिक १
tribeni2

काठमाडौं / एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुले नकुन्नी धोबी र निर्मला कुर्मिको हत्यारालाई सरकारले संरक्षण गरेको आरोप लगाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त आरोप लगाउनुभएको हो ।

अध्यक्ष बरालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा गत साउन ५ गते बाँके जिल्ला जानकी गाँउपालिका वडा नं २ स्थित आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिएकी नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ परमपुर निवासी निर्मला कुर्मीलाई आफ्नै घरबाट बेपत्ता बनाई हत्या गरिएको घटनामा निजहरुका आफन्तहरुले न्याय प्राप्तिका लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र अन्य निकायहरुमा किटानी जाहेरी लिएर जाँदा समेत जाहेरी बुझेर सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने कुरा त परै जाओस्, पिडितका आफन्तहरुलाई उल्टै धम्काउने काम भएको उल्लेख गरिएको छ ।

बरालले यस कार्यप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको समेत जनाउनुभएको छ ।

पीडीतलाई न्याय र अपराधीलाई कठोर भन्दा कठोर कारबाही हुनु पर्दछ भनि महिला अधिकार मञ्च बाँकेको अगुवाईमा केही दिन बाँके जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना गरेपश्चात २०७८ भदौ १ गते देखि नेपालगञ्जबाट काठमाण्डौं सम्म पैदल यात्रा गरि माईतीघर मण्डलामा अधिकारकर्मी रुवी खान लगायतका अधिकारकर्मीहरु आमरण अनसनमा बसेको जनाउँनु हुदै बरालले अधिकारकर्मीहरुको माग र स्वास्थ्य प्रति यो सरकार असंम्वेदनशील भएको उल्लेख गर्नुभएको छ ।

उहाँले यो सरकार मुखदर्शक रहदै व्यापक धरपकडमा उत्रिएको समेत बताउनुभएको छ ।

अध्यक्ष बरालले यस्ता घटनाक्रमहरुले परमादेशी सरकार नै उक्त घटनामा पीडक रहेको तथ्य उजागर भएको उल्लेख गर्नुभएको छ । बिज्ञप्तीमा अधिकारकर्मीको मागको सम्बोधन, पीडितलाई तत्काल न्यायको माग समेत गरिएको छ ।

बिज्ञप्ती :

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १८:१०
प्रतिक्रिया दिनुहोस्