Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प प्रभावित क्षेत्रका युवाहरुलाई रुपान्तरण कक्षा सम्बन्धी तालिम

मंगलबार, फागुन १, २०८०
tribeni2

रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका युवा महिलाहरुलाई रुपान्तरण कक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिईएको छ । भूकम्प प्रभावित क्षेत्रका युवा महिलाहरुलाई लक्षित गरेर तीन दिने तालिम दिईएको हो । 

युनिसेफ नेपालको सहयोग, सोसेक नेपालको सहजिकरणमा आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको समन्वयमा माघ २८ गतेदेखि फागुन १ गतेसम्म तालिम दिईएको हो । भेरी नगरपालिका –१, जाजरकोटको रिम्नास्थित भेरी त्रिवेणी माविमा सञ्चालित उक्त तालिममा दुई पालिकाका २० जनाको सहभागिता रहेको थियो । 

1387cc5e-1096-4b30-8b96-e530ec8273401707835685.jpg

युवा महिलाहरुलाई जीवनोपयोगी सीप र आर्थिक प्याकेजका कार्य सिकाउने उद्धेश्यका साथ तालिम आयोजना गरिएको बताईएको छ । तालिममा मेरो संसार, मेरो अधिकार र कर्तव्य, लैङिगक हिंसा, लैङिगक समानता, किशोरावस्था र प्रजनन् स्वास्थ्य, खर्च र बचत लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो । तालिमको सहजिकरण सोसेक नेपालका शशी पाण्डे र लक्ष्मी भण्डारीले गर्नुभएको थियो । 

तालिम समापन कार्यक्रममा सहभागि बिमला चन्दले तालिम एकदमै फलदायी भएको बताउनुभयो । उहाँले यस्ता सिकाईका अवसरहरु वडास्तरमै दिन समेत अनुरोध गर्नुभयो । 

f31ad8e8-b30b-4b6d-a5ad-adcdf2ec3d551707835687.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्