Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जनयुद्ध दिवसको अवसरमा चौरजहारीमा दिप प्रज्वलन

मंगलबार, फागुन १, २०८०
tribeni2

२९ औ जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको चौरजहारीमा दिप प्रज्वलन गरिएको छ । 

नेकपा (नेपाल कम्युनिस्ट पार्टी) डि टु जिल्ला समिति रुकुम पश्चिमले चौरजहारी नगरपालिका -१ को मुख्य बजारमा दिप प्रज्वलन गरेको हो । जनयुद्ध दिवसको स्मरणमा दिप प्रज्वलन गरिएको नेकपाले जनाएको छ ।

दिप प्रज्वलन कार्यक्रमको सञ्चालन नेकपा चौरजहारीका ईन्चार्ज अमृत सीले गर्नुभएको थियो भने युवा संगठनका केन्द्रिय सदस्य महेश सीले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

केन्द्रिय सदस्य महेशले जनयुद्धको आवश्यकता र यसका उपलब्धिहरुको रक्षा गर्न आवश्यक रहेको बिषयमा आफ्ना धारणाहरु राख्नुभएको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  २१:३९
प्रतिक्रिया दिनुहोस्