Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरस्वती पूजाको अवसरमा पूर्व विद्यार्थीहरुद्वारा मन्दिर उपहार !

बिहीबार, फागुन ३, २०८०
tribeni2

जाजरकोट । यस वर्षको सरस्वती पूजा अर्थात वसन्तपञ्चमीको अवसरमा जाजरकोटको भेरी नगरपालिका –१३ कुदुस्थितमा रहेको भगवती माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गरिएको छ । 

यो मन्दिर यस विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले 'उपहार' स्वरुप विद्यालयलाई हस्तान्तरण गरेका हुन् । हिजो बुधबारका दिन विद्यालयमा आयोजित सरस्वती पूजा विशेष कार्यक्रमको सन्दर्भमा पूर्व विथार्थीहरुले सरस्वतीको मन्दिर हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक प्रताप रोकायले जानकारी दिनुभयो । पूर्व विद्यार्थीहरुको सेवा भाव र विद्यालय प्रतिको लगावले विद्यालय परिवार खुशि भएको प्रधानाध्यापक रोकायले बताउनुभयो । 

भगवती माविका गठन भएको पूर्व विद्यार्थी मञ्चका संयोजक तुलाराम गिरीले बाल्यकालमा अक्षरारम्भ गरि शिक्षा हाँसिल गरेको विद्यालयको प्राङ्गणमा सात लाख बढिको लागतमा मन्दिर निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ९० जना पूर्व विद्यार्थीहरु मिलेर सात लाख १४ हजार ४९० रुपियाँको लागतमा मन्दिर निर्माण गरिएको हो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, भेरी नगरपालिकाकी कार्यपालिका सदस्य कालिका खत्रीको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश बटाला र प्रधानाध्यापक प्रताप रोकायलाई मन्दिर हस्तान्तरण गरिएको हो ।

विद्यालय जस्तो पवित्र स्थानमा सरस्वतीको मन्दिर बनाईदिएकोमा विव्यस अध्यक्ष बटालाले पूर्व विद्यार्थी मञ्चलाई धन्यबाद दिनुभयो । मन्दिरमा आवश्यक रंगरोगन र बत्ति समेत जडान गरिएको छ ।

यस पूर्व विद्यार्थी मञ्चले यस अघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । चौरजहारी–कुदु जोड्ने झोलुङगे पुलका तारजालिहरु फाटेर जिर्ण बनेको बेला त्यसको मर्मत गर्ने, सडक मर्मत गर्ने र अन्य परोपकारी काम समेत पूर्व विद्यार्थी मञ्चले गर्ने गरेको छ । 

427003793_937137368136956_8723302720268224170_n1707961170.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:२०
प्रतिक्रिया दिनुहोस्