Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाकेर भित्र्याउनै लागेको मार्सीधान बाढीले बगायो

२०७८ कार्तिक २
tribeni2

जुम्ला / जुम्लामा बाढीले मार्सीधानको फाँट बगाएको छ । तिला र हिमा नदी किनारमा पाकेर भित्र्याउनै लागेको मार्सीधान खेतमा बाढी पसेपछि क्षति भएको किसानले गुनासो गरेका छन् ।

मार्सीधानको उद्गम मानिने लाछु ज्युलाको आधा भागमा बाढी आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि आफूहरु चिन्तित भएको स्थानीय देवीप्रसाद पाण्डेले गुनासो गर्नुभयो ।

चन्दननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि बाढी आएको किसान धनराशी भण्डारीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई नेतृत्वको टोली क्षति भएको क्षेत्र तातोपानी र तिला अवलोकनमा गएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले भारी वर्षा र बाढी बढेकाले नदी र खोलाको छेउछाउ, पुराना भत्किन थालेका घरमा नबस्न नागरिकलाई अनुरोध गर्नुभएको छ । वर्षाले नाग्म गमगडी राजमार्गको बाटो बन्द भएको छ । - नेत्र शाही

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्