रुकुम पश्चिममा २६ हजार बढी अस्थायी आवास निर्माण

शुक्रबार, फागुन ४, २०८०

रुकुम पश्चिममा २६ हजार ७०७ वटा अस्थायी आवास निर्माण भएका छन् । जिल्लाका ६ वटा स्थानीय तहमा अहिले पाँच हजार ६३७ वटा अस्थायी आवास निर्माण भईरहेका छन् । 

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आज शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म ३० हजार ४६ जना लाभग्राहीको खातामा अस्थायी आवास बनाउनको लागि ७५ करोड ११ लाख ५० हजार रुपियाँ जम्मा भईसकेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले आठविसकोट नगरपालिकामा सबैभन्दा बढी आठ हजार आठ सय ९८ वटा अस्थायी आवास निर्माण भएको बताउनुभयो । त्यस्तै चौरजहारी नगरपालिकामा पाँच हजार ५६३, मुसिकोट नगरपालिकामा ६६६ वटा, सानीभेरी गाउँपालिकामा छ हजार ६७५, त्रिवेणी गाउँपालिकामा तीन हजार दुई सय ६४ र बाँफिकोट गाउँपालिकामा दुई हजार छ सय ४१ वटा अस्थायी आवास निर्माण भएका छन् ।

चौरजहारी नगरपालिकामा १५ करोड ६९ लाख ७४ हजार, आठविसकोट नगरपालिकामा २४ करोड ३३ लाख, मुसीकोट नगरपालिकामा तीन करोड ८६ लाख ७५ हजार, सानीभेरी गाउँपालिकामा १४ करोड ३३ लाख, त्रिवेणी गाउँपालिकामा १० करोड २८ लाख ७५ हजार र बाँफिकोट गाउँपालिकामा छ करोड  ६० लाख २५ हजार लााभग्राहीको खातामा रकम जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी बडुवालले जानकारी दिनुभयो । 

4 gate samma1708090954.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्