नेभिगेशन
खेल

खेलाडीहरुलाई नगद र शैक्षिक सामाग्रीसहित विद्यालयमा सम्मान

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयले खेलाडीलाई सम्मान गरेको छ । 

पालीका तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका तथा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरुलाई विद्यालयले आज सम्मान गरेको हो । गत माघ २१ गतेदेखी २४ गतेसम्म संचालन भएको सिस्ने गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने २६ जना बिद्यार्थीहरुलाई नगद पुरस्कारद्धारा सम्मान गरिएको छ भने अन्य सहभागी बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीद्धारा बिद्यालयले सम्मान गरेको हो । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा संचालन भएका बिभिन्न बिधाका खेलहरुमा प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने २६ जना खेलाडीहरुलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सयका दरले जम्मा ८० हजार नगद पुरस्कारले सम्मान गरिएको छ । 

जनता माध्यामिक विद्यालयको खेलमैदानमा भएको सिस्ने गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयले ९ स्वर्ण, १० कास्य र ५ रजत सहित दोस्रो स्थान हात पारेको थियो । 

15dd5584-c056-4429-92ea-f51576cae8c11708265713.jpg

बिद्यार्थीहरुको हौसला बढाउनुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिद्यार्थीहरुले देखाएको क्षमताको उच्च मूल्याङ्कन गर्दै उक्त पुरस्कारद्धारा खेलाडी सम्मान गरिएको बिद्यालयले जनाएको छ ।

पछिल्लो समय रनिङ शिल्डका नाममा मापदण्ड बाहिरका खेलाडीहरु सहभागी गराई बिद्यालय क्षेत्रका खेलाडी पछि पारिराख्ने प्रवृत्तिले स्वच्छ खेलाडीहरुको मनोबलमा पारेको प्रभावलाई कम गर्न पनि खेलाडी सम्मान कार्यक्रमको आवश्यकता रहने बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । साथै उहाँले खेलाडीहरुलाई खेलका क्रममा भरपुर रुपमा आफ्नो क्षमता प्रदर्शन गर्न पनि आग्रह गर्नुभएको छ । 

यस्तै खेलाडी सम्मान कार्यक्रममा बोल्दै ५ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेतले खेलकुदका माध्यमबाट बिद्यालयलाई चिनाउने खेलाडीहरुलाई सबै पक्षबाट सम्मान गर्नुपर्ने बताउनुभयो । यसै सन्दर्भमा उहाँले वडा सरकारले पनि खेलाडी सम्मानलाई पहल गर्दै यसतर्फ ध्यान दिनुपर्ने पनि बताउनु भएको छ । 

बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्लको अध्यक्षता रहेको कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष बिरेन्द्र बस्नेतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

064799de-dda1-477e-84d7-c7427afaf2151708265713.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल