रुकुम पश्चिम : सुतिरहेका बिरेन्द्रको 'हात बाँधेर जिब्रो काटियो', हजुरआमा घाईते

सोमबार, फागुन ७, २०८०

रुकुम पश्चिममा एक अज्ञात समुहले एक युवकको जिव्रो काटेका छन् भने एक बृद्धालाई घाईते बताईएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर १४ राणागाउँ निवासी २२ वर्षिय विरेन्द्र बि.क.को जिव्रो काटिएको र उहाँकी ८० वर्षिया हजुरआमा थेबी कामीलाई घाईते बनाएको बताईएको छ । 

घटना गत शनिबारको हो । उक्त दिन विहान करिव ४ वजेतिर आफनै घरमा सुतिरहेको अवस्थामा २ जना भन्दा वढी व्यक्तिहरुले आएर हात बाँधेर चक्कु प्रहार गरेर जिब्रो काटेको घाईते बि.क.को भनाई छ ।

बोल्न नमिल्ने अवस्थामा रहनुभएका उहाँले साँकेतिक भाषाको प्रयोग मार्फत उक्त कुरा बताउनुभएको हो । उहाँका अनुसार अनुहार छोपेर आएका व्यक्तिहरुले हात वाँधेर चक्कुले जिव्रो काटिदिएका हुन् । 

घाईतेका बुवा कुलबिर बि.क.का अनुसार बुहारी बिरामी भएर नगर अस्पतालमा उपचार भईरहेको र दुई जना नाती आफूसँगै घरमा रहेका थिए । एक्लै घरमा सुतिरहेको छोरालाई अज्ञात व्यक्तिहरुले आक्रमण गरेर घाईते बनाएको उहाँको भनाई छ । बिरेन्द्रलाई घाईते बनाएपछि सोहि समुहले विरेन्द्रकी ८० वर्षिय हजुरआमालाई समेत हातपात गरेको थियो । 

कुलबहादुरले आमाको मुखमा गहिरो चोट लागेको, दुई वटा दाँत भाँचिएको जानकारी दिनुभयो । दुबै जनालाई चौरजहारी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको नेपालगञ्ज ल्याईएको उहाँले बताउनुभयो । 

यस घटनाको बिषयमा प्रहरीले छानबिन सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले गहन रुपमा अनुसन्धान भईरहेको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्