Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको कुरलमा मुसिकोटका एक पुरुष मृत अवस्थामा फेला

बुधबार, फागुन ९, २०८०
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ कुरलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

मुसिकोट नगरपालिका वडा नम्वर १२ निवासी अबिर ओलीका अन्दाजी ५० वर्षिय छोरा प्रेम बहादुर ओली मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार कुरल गाउँका मकर बहादुर खत्रीको घरआँगनमा ओलीको शव भेटिएको हो । उक्त शव मंगलबार राती करिब ११ बजे भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना लगत्तै सिम्रुतु प्रहरी चौकीबाट प्रहरी बरिष्ट नायब निरीक्षक गणेश गिरीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । 

यसका साथै आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको नेतृत्वमा गएको एक टोलीले आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याएको जनाएको छ । 

अत्याधिक मदिरा सेवन गरेर चिसोको समयमा घर बाहिरै बसेको कारण ओलीको ज्यान गएको हुनसक्ने बताईएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १४:५०
प्रतिक्रिया दिनुहोस्