Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कार्य सम्पादन मूल्याङकनमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उत्कृष्ट  

बुधबार, फागुन ९, २०८०
tribeni2

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले आर्थिक वर्ष ०७९/८० को स्थानीय तहको कार्य सम्पादन मूल्याङकन नतिजा सार्वजनिक गरेको छ । 

संवैधानिक निकायको रुपमा रहेको आयोगले मंगलबार स्थानीय तहहरुको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार रुकुम पश्चिमका छ वटा स्थानीय तह मध्य त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । 

त्रिवेणी गाउँपालिकाले ४७.३६ अंक प्राप्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो । त्यसैगरी बाँफिकोट गाउँपालिकाले ४४.२४, आठविसकोट नगरपालिकाले ४२.१६, चौरजहारी नगरपालिकाले ४१.७०, मुसिकोट नगरपालिकाले ४१.३१ र सानीभेरी गाउँपालिकाले ३५.२८ अंक प्राप्त गरेका छन् । 

कार्य सम्पादन मूल्याङन नतिजा, भूगोल तथा भारित लागत, जनसङख्या, मानव विकासको अवस्था लगायतको अवस्थालाई आधार लिई आगमी आर्थिक वर्षको समानिकरण अनुदान तथा बित्तिय हस्तान्तरण गरिने प्रचलन रहेको छ । 

यो नतिजा प्रारम्भिक रहेकोले चित्त नबुझेमा सात दिनभित्र दाबी पेश गर्न पाईने आयोगले जानकारी गराएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्