Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा चट्याङ लागेर घाईते भएका मध्य दुई जनाको अवस्था गम्भिर

बिहीबार, फागुन १०, २०८०
tribeni2

सल्यान । बुधबार साँझ चट्याङ लागेर सल्यानमा चार जना घाइते भएका छन्। 

शारदा नगरपालिका वडा नम्वर १३ स्यानीखाल तिर्थपोलेमा चार जना घाईते हुनुभएको शारदा नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष जंगबहादुर बुढाले जानकारी दिनुभयो । स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते हुनुभएको हो । 

घाइते मध्य सुनिल र जानकीको अवस्था गम्भीर छ भने अन्य दुईजनाको अवस्था सामान्य रहेको छ । घाइतेलाई उद्धार गरि उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १०:५५
प्रतिक्रिया दिनुहोस्