Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुसिकोटलाई एक अर्ब चार करोड ८० लाख बजेट थप

सडक कालोपत्रे गर्न एक अर्ब, बसपार्क बनाउन तीन करोड
२०७८ कार्तिक २
tribeni2

रुकुम पश्चिम / जिल्लाको मुसिकोट नगरपालिकामा थप एक अर्ब चार करोड ८० लाख रकम प्राप्त हुने भएको छ ।

नगरपालिका भित्रका विभिन्न तीन योजना निर्माणका लागि यसै बर्ष संघीय सरकारबाट उक्त रकम प्राप्त हुने भएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शुसिल गौतमले जानकारी दिनुभयो ।

वडा नम्वर ५ का वडा अध्यक्ष समेत रहनु भएका गौतमले मध्यपहाडि- डिग्रे-मठ-राउखेत सडक कालोपत्रेको लागि एक अरब रकम प्राप्त हुने भएको बताउनुभयो । उक्त योजना भने बहुबर्षे रहेको छ ।

त्यसैगरी मुसिकोटमा बसपार्क निर्माणका लागि तीन करोड र टुडिखेल-पिपलनेटा सडक स्तरोन्नतीको लागि एक करोड ८० लाख रकम प्राप्त हुने भएको गौतमले बताउनुभयो ।

संघीय सरकारबाट यसै बर्षबाट कार्यान्वयन सुरु हुने गरी उक्त योजना र बजेटको श्रोत सुनिश्चित भएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १४:१०
प्रतिक्रिया दिनुहोस्