Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेशनल लाईफको बार्षिकोत्सवमा अपाङगता भएका बालबालिकालाई सहयोग

बिहीबार, फागुन १०, २०८०
tribeni2

रुकुम पश्चिम । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले ३७ औ बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेको छ । बार्षिकोत्सवको अवसरमा कम्पनिको रुकुम पश्चिम शाखाले बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । 

शाखाका प्रबन्धक टंक हमालका अनुसार मुसिकोट नगरपालिका -१ डाङग्रीचौरमा रहेका नौ जना बौद्धिक अपाङगता भएका बालबालिकाहरुलाई सरसफाई तथा स्टेशनरी सामाग्री बितरण गरिएको हो । त्यसका साथै उत्सवको अवसरमा ती बालबालिकाहरुलाई बिहानको खाना समेत खुवाईएको छ ।

9c4d3e86-e622-4408-9c2a-2f1dc0cac89a1708581100.jpg

स्थानीय चन्दननाथ आधारभूत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङगता बालबालिकाहरुलाई सहयोग गरिएको हो । उनीहरुलाई दैनिक उपयोग हुने व्यक्तिगत सरसफाईका सामाग्रीहरु लगायत शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको हो । 

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीका लिडर, सोही विद्यालयका प्रधानाध्यापक राम प्रसाद शर्मा, अन्य शिक्षक तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । यस कम्पनीले विभिन्न समयमा यस्तै किसिमका सामाजिक कार्य गर्दै आएको छ । 

5bfae518-b2fd-4a1f-ada1-6b92fb9987d71708581101.jpg

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्