Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामुदायिक वनमा अवैध रुपमा कटान गरिएका ९७ थान काठ बरामद

बिहीबार, फागुन १०, २०८०
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –१० मा अवैध रुपमा कटान गरिएको काठ बरामद गरिएको छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमले अवैध रूपमा कटान गरिएको ९७ थान गोलिया र चिरान गरेको काठ बरामद गरेको जनाएको छ । 

डिभिजन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार ठुलाभिर भुम्के सामुदायिक वन क्षेत्रमा अवैध रूपमा कटान गरिएको सल्लो प्रजातिको काठ बरामद गरिएको हो । विभिन्न नाप तथा साइजका पाँच थान गोलिया र ९२ थान चिरान गरेर ९७ थान काठ बरामद गरिएको हो ।

सामुदायिक वन उपभोक्ता समूहलाई अटेरी गरी अनुमति बिनै काठ कटान गरेको सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएर गएको टोलीले उक्त काठ फेला पारेको थियो । अवैध रुपमा काठ कटान कार्यमा संलग्न व्यक्तिहरूको खोजी भईरहेको बताईएको छ । 

कार्यालय प्रमुख परियारले बरामद गरिएको काठ सामुदायिक वन उपभोक्ता समूहलाई जिम्मा लगाइएको बताउनुभयो । वन क्षेत्रबाट अवैध काठ कटान, चोरी तथा निकासी भईरहेको सूचनाको आधारमा डिभिजन वन कार्यालयले कडाईका साथ निगरानी बढाएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्