विश्वव्यापी वातावरण सरसफाई अभियान अन्तर्गत सडक सरसफाई

बिहीबार, फागुन १०, २०८०

सुर्खेत । विश्वव्यापी वातावरण सरसफाइ अभियान अन्तर्गत आज सुर्खेतको विरेन्द्रनगर हटिया लाइन सडक देखि बुद्वपथ सडक सरसफाइ गरिरएको छ । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विरेन्द्रनगरद्वारा आयोजित सरसफाई अभियान अन्तर्गत उक्त स्थानमा सरसफाई गरिएको हो ।

उक्त सरसफाइ अभियानमा विरेन्द्रनगर नगरपालिका उपप्रमुख नीलकण्ठ खनाल, वडा अध्यक्ष जनक रावल लगायतको उपस्थिति रहेको थियो । उपप्रमुख खनालले विरेन्द्रनगर नगर क्षेत्रको सरसफाइ कार्यक्रम स्वागतयोग्य भएको भन्दै परमेश्वर मण्डलीको प्रशंसा गर्नुभयो । परमेश्वर मण्डलीको असल कार्य देख्दा गर्व लागेको राज जानकी टोल विकासका अध्यक्षका भिम बहादुर बिसीले बताउनुभयो ।

परमेश्वरको मण्डली पिता परमेश्वर र माता परमेश्वर विश्ववास गर्ने मण्डली रहेको सरसफाइमा होमिएका आशिष जैसीको भनाइ थियो । आमाले आफ्नो सन्तानलाई निसर्त प्रेम दिनुभएजस्तै हामीले संसारलाई निस्वार्थ प्रेम बाढ्ने शिक्षा माता परमेश्वरबाट प्राप्त गरेको जैसीले बताउनुभयो ।

स्थानीय समुदायमा लोक कल्याण प्रवर्द्धनका लागि विभिन्न गतिविधि गर्दैआएको परमेश्वरको मण्डलीले यस वर्ष पनि सोही कदम चालेको छ । १७५ वटा राष्ट्रका करीब सात हजार पाँच सय क्षेत्रहरूमा स्थापित परमेश्वरको मण्डलीले यही वर्ष स्थापनाको ६० औं वार्षिकोत्सव मनाइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्